जब विवाहमा दुलहीलाई पानी पुरीबाट बनेको माला लगाईयो, भिडियो खुबै भाइरल भयो - Khabar Nepali
  • बिहिबार, साउन १४, २०७८

जब विवाहमा दुलहीलाई पानी पुरीबाट बनेको माला लगाईयो, भिडियो खुबै भाइरल भयो

काठमाडौं । सामान्यतया विवाहमा सुनका गरगहना दुलहीलाई लगाउने गरिन्छ । नेपालमा पनि क्षमता अनुसार मानिसहरुले गरगहना प्रदर्शन गर्छन ।

तर सबैले त्यस्तै गर्छन भन्ने हुँदैन । सामाजिक सञ्जालमा एक भिडियो खुबै भाइरल भइरहेको छ । विवाहमा दुलहीले पानी पुरीबाट बनेका गहनाहरू लगाएकी छिन् । भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा तपाईं दुलहीलाई देख्न सक्नुहुन्छ, जसले पानी पुरीको माला र ब्रासलेट लगाएकी छिन् । पानी पुरी पनि उनको अगाडि राखिएको छ ।

एक नातेदारले उनको टाउकोमा पानी पुरीबाट बनेको मुकुट समातेको पनि देख्न सकिन्छ । भिडियो भारतको भएको भए पनि कुन ठाउँमा वा प्रदेशको भनेर खुलासा भएको छैन । उनीहरुले दुलहीलाई पानी पुरीको गरगहना किन लगाइदिएका हुन् भन्ने कुरा पनि खुल्न सकिरहेको छैन ।

 

सम्बन्धित खवर