बिमानभित्र प्रेममा लिप्त भएको जोडीको देखियो यस्तो दृश्य , एयर होस्टेसले पनि त्यो दृश्य हेर्न न सकेपछी …… - Khabar Nepali
  • बिहिबार, साउन १४, २०७८

बिमानभित्र प्रेममा लिप्त भएको जोडीको देखियो यस्तो दृश्य , एयर होस्टेसले पनि त्यो दृश्य हेर्न न सकेपछी ……

पाकिस्तानमा एक विमानभित्र जोडीको रोमान्स र चुम्बनले निकै विवाद पैदा भएको छ । यो घटना कराँचीबाट इस्लामाबाद जाँदै गरेको फ्लाइट पीए–२०० मा पाँच दिन अघि घटित घटेको घटना हो ।

ट्रिब्यूनको रिपोर्ट अनुसार प्रत्यक्षदर्शी यात्रीले विमानको चौथो पंक्तिमा बसेको एक जोडी अचानक चुम्बन गर्न थालेपछि अन्य यात्री असहज भएको दाबी गरेका छन् ।

यी यात्रीले यसबारे विमानका क्याबिन क्रुलाई जानकारी दिए । त्यसपछि एक एयरहोस्टेसले यो जोडीलाई सार्वजनिक स्थलमा संयमता अपनाउन आग्रह गरिन् तर जोडीले उनको कुराप्रति चासो दिएनन् र पुनः चुम्बन गर्न थाले । त्यसपछि ती एयरहोस्टेसले उनीहरुलाई आफ्नो माया प्रेम लुकाउन ब्ल्याङ्केट दिइन् ।

ट्रिब्यूनको रिपोर्ट अनुसार जब यो मामिलामा केही यात्रीले यो जोडीलाई सार्वजनिक स्थलमा शालीनता अपनाउन भने तब उनीहरुले ‘हामीलाई यस्तो भन्ने तिमीहरु को हौ ?’ भनेर सोधे ।

यो विमानमा वकिल विलाल फारुक अल्वी पनि उपस्थित थिए । उनी यो मामिलामा केबिन क्रुले एक्सन नलिएकोमा रिसाएका छन् र उनले यो मामिलामा एयरलाइनका कर्मचारी र जोडीविरुद्ध सिभिल एभिएसन अथोरिटी समक्ष रिपोर्ट दर्ता गराएका छन् । सिभिल एभिएसनले यो विषयमा अनुसन्धान गरिरहेको छ । सांकेतिक तस्बिर

सम्बन्धित खवर