दुरुस्तै मेस्सी जस्तै देखिने को हुन् यिनी ? - Khabar Nepali
  • बिहिबार, साउन १४, २०७८

दुरुस्तै मेस्सी जस्तै देखिने को हुन् यिनी ?

एजेन्सी । इरानका २८ वर्षका यी युवा दुरुस्ती फुटबल स्टार लियोनल मेस्सी जस्तै देखिन्छन्। उनको सामाजिक सञ्जालमा लाखौांके फलोअर्स छन् । उनी इरानका रेजा पारास्तेस हुन्, उनलाई देखेर मेस्सीका प्रशंसक झुक्किन्छन् ।

मेस्सीजस्तै देखिने भएकाले उनी रातारात सामाजिक संजाल इन्स्टाग्राममा चर्चित बने। मेस्सीको पहिचान लिएर उनले थुप्रै लाभ लिए । सामाजिक सजालमा धेरै फलोअर्स कमाए भने मेस्सीकै नामवाट गलत काम गरेको पनि पर्दाफास भएको छ । सन् २०१४ देखि इन्स्टाग्राम चलाउन थालेका उनी सन् २०१७ देखि सबैले चिन्ने भएका थिए, मेस्सी जस्तै देखिने भएकाले उनलाई सबैले फलो गरे ।

दैनिक सयौंले उनीसँग यतिबेला तस्बिर खिचाउँछन्। हाल उनको इन्स्टाग्राममा ११ लाख फलोवर छन्। उनका पिताले आफ्ना छोरा पारास्तेस मेस्सीजस्तै लागेपछि उनलाई मेस्सीको जर्सी लगाउन भने कपाल र दाह्री मेस्सीकै जस्तो समेत बनाउन लगाएका थिए।

त्यसपछि दुरुस्तै मेस्सी देखिएपछि उनको चर्चा चुलिएको हो। तर सन् २०१९ मा उनीमाथि गम्भीर आरोप लागेको छ । उनले मेस्सीको नाम दुरुपयोग गरेर महिलाहरुसंग सम्बन्ध राखेको आरोप लागेको छ ।

उनले मेस्सी हुँ भन्दै २३ महिलासँग ढाँटेर शा रि री क सम्बन्ध बनाएको समाचारहरु आए। तर इरानी प्रहरीले छानबिन गर्दैजाँदा त्यो समाचारहरु झुठो भएको पत्ता लाग्यो। रेजा पारास्तेसले पनि आफूले कहिल्यै महिलाहरुलाई नढाटेको स्पष्टीकरण दिएका थिए। मार्का

सम्बन्धित खवर