अचानक पुलबाट चि च्याउँदै गरेको आवाज आयो सात वर्षीय बच्चालाई सेतीले बगाउँदै थियो त्यसपछि सेतीमा हा म फा ले गणेश , हेर्नुहोस् भिडियो सहित - Khabar Nepali
  • बिहिबार, साउन १४, २०७८

अचानक पुलबाट चि च्याउँदै गरेको आवाज आयो सात वर्षीय बच्चालाई सेतीले बगाउँदै थियो त्यसपछि सेतीमा हा म फा ले गणेश , हेर्नुहोस् भिडियो सहित

पोखरा महानगरपालिका वडा नं.२५ एमबी स्थित क्रान्ति टोलमा बस्ने गणेश गुरुङले सेती नदीमा बग्दै आएकी सात बर्षीय बालिकालाई उद्धार गरि उनको ज्यान बचाउन सफल भएका छन्। उनी करिब डेढ किलोमीटर जतिको दूरीबाट बग्दै आइरहेकी थिइन् र गणेश गुरुङ बालुवा निकाल्दै, बोक्दै गरेर केही थाकेको अवस्थामा नदी छेउमा बसिरहेका थिए। माथी पुलबाट केही महिला दिदीबहिनी हरूले बच्चा बगायो भनेर आत्तिँदै कराइ रहनु भएको थियो।

त्यसपछि उनी दौडिएर ढुङ्गामा निक्लिएर बसे तर केही छिन बच्चालाई देखेनन्। त्यसपछि बच्चा ढुङ्गाबाट निक्लियो र त्यसपछि उनी अत्तालिँदै गएर पहिले पाखुरामा समाते तर बच्चा आउन सकेन र त्यसपछि उनले पाखुरामा समातेर तानेर पाखामा ल्याएर राखे। बच्चा बीचबाटै ब’गिरहेको थियो र उनलाई लागेको थियो कि बच्चा जीवित छैन, बाहिर निकाल्न पाए सास नभए पनि लास त भेटियो, पुलिसलाई खबर गरेर कसको बच्चा हो बुझाइदिउँला भनेर उनले बच्चालाई बाहिर निकाले।

तर उनले त्यसपछि बच्चाको नाडी छामे उनलाई बच्चा केही जिवित जस्तो लाग्यो उनले बच्चाको पेटमा थिचेर पानी निकाल्ने प्रयास गरे। त्यसपछि बच्चाले अलिअली पानी ओकल्न थाल्यो। बच्चा टाउको पानी माथि र जिउ पानी मुनि घोप्टो परेको अवस्थामा बग्दै आइरहेको थियो।उनलाई बच्चा जिवीत छैन नि भन्ने लागेर बाहिर ल्याएर राखेका थिए।

जसरी भए पनि सा स नभए पनि ला स लिएर आउँछु भन्दै र यदि बगाइहाले पनि तल उत्रीन सक्छु भन्ने आशाले उनी नानीलाई बचाउन हा म फा ले का थिए। उनले आफू बच्चाको उद्धारका लागि हा म फा ले को ठाउँलाई देखाउँदै धेरै परसम्म पुग्नु नपरेको र थोरै पानीबाट जाने बित्तिकै भेट्टाएको बताए। आफू पौडी खेल्न सक्ने भएको कारणले गर्दा नै उनले बच्चालाई केही गरेर भए पनि बचाउन सक्छु भन्ने आत्मबिश्वास बढेर आएको र केही त गर्नैपर्छ भन्ने लागेको पनि उनले बताएका छन्।

सम्बन्धित खवर