नायिका आँचल शर्माले श्रीमान र परिवारको खोलिन भित्रि रहस्य (भिडियो), सबै चकित - Khabar Nepali
  • बिहिबार, साउन १४, २०७८

नायिका आँचल शर्माले श्रीमान र परिवारको खोलिन भित्रि रहस्य (भिडियो), सबै चकित

काठमाडौं । नायिका आँचल शर्माले विवाह गरे लगत्तै लकडाउन सुरु भयो । उनी विवाह पछि पुरै समय परिवारका साथमा बिताइन् । श्रीमानसंग टिकटक बनाउँदै सामाजिक सञ्जालमा पोष्ट पनि गर्थिन । कामले फुर्सदिलो भएका कारण उनी सामाजिक सञ्जालमा रमाउँथिन् । लकडाउन अन्त्य पछि पहिलो पटक सार्वजनिक भएकी आँचलले आफू बिहेपछि झनै विन्दास र भित्र बाट खुलेको बताएकी छिन् ।

लकडाउनको समयमा जीम जाने, मन परेका परिकार खाने र परिवारसँगै समय बिताएको बताउने आँचल लकडाउन खुलेपछी भने म्यूजिक भिडियोको छायांकनमा रमाउन थालेकी हुन्। उनी पहिलो पटक दयाहावगं राईसंग म्युजिक भिडियोमा काम गर्न थालेकी छन् ।

उनीहरुको जोडी पहिलो पटक बनाइएको हो । आँचललाई उनका फ्यान तथा आफन्तले बिहेपछि झनै सुन्दर देखिएको भनेर तारिफ गरेका छन् । आँचल खुशी हुँदै भन्छिन् –‘मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा झनै चमक कसरी आयो भनेर प्रश्न सोध्नुहुन्छ । म आफूलाई भने उस्तै छु जस्तो लाग्छ ।’

आँचल मन खुशी भयो भने अनुहारमा चमकता आउने कुरामा विश्वास गर्छिन् । उनले लजाउदै भनिन्–‘सायद, बिहेपछि मेरो मन झनै खुशी भएको छ । उदिपजीको साथले मनमा उमंग ल्याएको छ । सायद उदिपजी मायाले मेरो अनुहारमा फ्यानहरुले चमकता देख्नुभएको होला ।’ म अहिले विन्दास पनि भएको छु ।

सम्बन्धित खवर