युरोकपमा फिनल्यान्डका विरुद्धमा खेल्दा खेल्दै ढलेका खेलाडीको ताजा अवस्था - Khabar Nepali
  • बिहिबार, साउन १४, २०७८

युरोकपमा फिनल्यान्डका विरुद्धमा खेल्दा खेल्दै ढलेका खेलाडीको ताजा अवस्था

यसपालीको युरोकपमा आफ्नो देशको पहिलो खेल खेल्दा खेल्दै डेनमार्कका खेलाडी क्रिश्चियन एरिक्सन ढलेका छन् । खेलको ४३ औँ मिनेटमा उनी मैदानमै ढलेर अचेत भएका हुन् । उनी ढल्नु भन्दा पनि उनी तिर आएको बल उनको घुँडामा ठोकिएको देखिएको थियो तर उनको नजिकमा अरु कोहि खेलाडी थिएनन् ।

एरिक्सन ढलेर तत्कालै अचेत भएका थिए । उनको अवस्था बुझेर खेल रेफ्रिले तत्कालै मेडिकल सहायता गुहारेका थिए । मेडिकल टिम आएर उनलाई सिपिआर दिए पनि अवस्थामा तत्कालै ठुलो फरक परेको देखिएन । त्यसपछि उनलाई मेडिकल सपोर्ट सहितको ट्रलिमा राखेर मैदानबाट बाहिर लगियो । मैदानबाट बाहिर निस्किदा टेलिभिजन क्यामेराहरुले त्यो दृष्य देखाएका थिएनन् भने वरिपरी पर्दा राखिएको थियो । तर सोहि बेलाको एउटा तस्विर सामाजिक सञ्जालमा फैलिएको छ ।

माथिको तस्विर हेर्दा उनको होस फर्किएको हो कि जस्तो देखिन्छ । यो फोटोले उनको चिन्ता गर्नेहरुलाई केहि सकारात्मक सन्देश दिएको छ । उनी अचेत अवस्थामा पुगे पछि आज हुदै गरेको डेनमार्क र फिनल्यान्डको खेल रोकिएको छ । खेल शुन्य गोलमा बराबरी चलिरहेको थियो ।

भर्खरै उनको बारेमा मेडिकल रिपोर्ट सार्वजनिक भएको छ । उनलाई अस्पताल भर्ना गरिएको छ भने उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ ।

सम्बन्धित खवर