ब्रिटिस गायिका जोस स्टोनसँग आनी छोइङले गाइन् ‘फूलको आँखामा फूलै संसार’, भिडिओ हेर्नुहोस् शान्ति मिल्ने छ - Khabar Nepali
  • बुधबार, असार ०९, २०७८

ब्रिटिस गायिका जोस स्टोनसँग आनी छोइङले गाइन् ‘फूलको आँखामा फूलै संसार’, भिडिओ हेर्नुहोस् शान्ति मिल्ने छ

आनी छोइङ डोल्मा बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन्। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत हो। यिनले आर्य तारा स्कुल सञ्चालन गरेकी छन् जहाँ उनी अनाथ बच्चाहरूलाई पढाउँछिन्।

सन् १९७१मा जन्मिएकी छोइङ्ग डोल्मा एक बौद्ध धर्म मान्ने आनी हुन्। त्यसैले उनलाई आनी छोईङ्ग डोल्मा भनेर चिनिन्छ। सामान्यत आनी र लामाहरू सामान्य ब्यक्तिको जिवन भन्दा फरक रहने गर्दछन्। तर आफ्नो सांस्कृतिक र धार्मिक महत्त्वलाई राख्दै नेपाली साङ्गितिक क्षेत्रमा उदाएकी एक फरक पृष्ठभुमिकी गायिका हुन् आनी छोइङ डोल्मा। उनलाई नेपालीले मात्रै नभएर पूरै संसारका बौद्ध अनुयायीले चिन्नेका छन्।

उनले विशेषत धार्मीक भजन गाउने गरेकी छन्। उनी एक तिब्बतीयन शरणार्थी परीवारकी सदस्य हुन्। काठमाडौँं मै जन्मिएकी उनी अहिले नागी गुम्बामा बस्ने गरेकी छिन्। शारीरिक शोषण गरेका उनका बाबुको हिंसा सहन नसकी १३ वर्षको उमेरमा नागी गुम्बा पुगेकी उनी अहिले पनि सोहि गुम्बामा सेवा गर्छिन्। वषौँसम्म उनलाई गुम्बामै बौद्ध भजनका ज्ञाताले सँगीतको तालीम दिएका थिए।

सन् १९९४ मा अङग्रेजी गितार बादक स्टिभ टिब्बेटसले गुम्बा अवलोकनका लागि आउँदा आनी छोइङबाट प्रभावित भएर दुईवटा एल्बम समेत रेकर्ड गराएका थिए। तिब्बतीयन सँगीत रहेको छो र सेल्वा नाम गरेका दुई एल्बमलाई समिक्षकहरूले निकै प्रसंशासमेत गरेका थिए। तिब्बतभन्दा बाहिर रहेर पनि त्यहाँको सँगीतको प्रर्बद्धन गर्ने मध्ये आनी छोइङ पनि एक हुन्।

यसै क्रममा बेलायती गायिका जोस स्टोन र नेपाली गायिका आनी छोइङ डोल्माले चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’को युट्युव संस्करणमा टीमअप गरेका छन् । आनीसँग आफूले गाएको उक्त गीतको नयाँ भर्सनलाई ब्रिटिस गायिका स्टोनले आफ्नो युट्युव च्यानलमा पोस्ट गरेकी छिन् । यी दुई विश्वचर्चित गायिकाको स्वरमा गाइएको यो गीत निकै कर्णप्रिय र शान्त महसुस हुन्छ ।

हायात होटलको लबीमा छायांकन गरिएको यो गीतमा कुटुम्ब ब्यान्डका बाँसुरीबादक रुविनकुमार श्रेष्ठले प्रस्तुति दिएका छन् । न्यूह बज्राचार्यले गितारमा प्रस्तुत दिएका छन् । सन् २०१६ मा गायिका स्टोन विश्व भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेकी थिइन् । हेर्नूस गीत :

सम्बन्धित खवर