उपप्रधानमन्त्री हुने बित्तिकै महतोले भनेको देश विखण्डन गर्ने आन्दोलन बारे ओलीले थाहा छैन भन्दा चकित छु - वामदेव गौतम - Khabar Nepali
  • मङ्गलबार, असोज १२, २०७८

उपप्रधानमन्त्री हुने बित्तिकै महतोले भनेको देश विखण्डन गर्ने आन्दोलन बारे ओलीले थाहा छैन भन्दा चकित छु – वामदेव गौतम

राजेन्द्र महतोले उपप्रधानमन्त्री भए पछि दिएको व्यक्तव्य प्रति एमालेका नेता वामदेव गौतमले दुख व्यक्त गरेका छन् । संविधान छोएर सपथ खाएको आधा घण्टा पनि नबित्दै देश विखण्डन गर्ने वक्तव्यप्रति रोष प्रकट गर्दै नेता वामदेवले फेसबुक स्टाटस लेखेका छन् । उनले स्टाटसमा भनेका छन् कि –

नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के.पी.ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।

त्यस्तै, हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरेका थिए । सोही दिन पारेर प्रधानमन्त्री ओलीले बीबीसी हिन्दीमा अन्तरवार्ता दिएका थिए तर प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूह सरकारमा सहभागी भएकै दिन राजेन्द्र महतो लगायतका नेताहरू मन्त्री बनेकै दिन अब भारतसँग कुनै असमझदारी नभएको घोषणा गरेका थिए ।

उनले अब भारतसँग सबै असमझदारी हटेको बताउँदै अबको सम्वन्ध झनै राम्रो हुने बताएका छन् । बीबीसी हिन्दी सेवाका लागि शालु यादवलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले विगतमा भारतसंग असमझदारी भएको स्विकार गरेपनि अहिले भने त्यो हटेको दावी गरेका छन् । उनले छिमेकी देशहरुको बीचमा प्रेम र समस्या हुनु स्वभाविक भएको बताए । उनले भनेका छन ‘पहिले असमझदारीहरु थिए । तर अब ती असझदारी हटेका छन् । हामी त्यसैमा अल्झिएर बस्नु हुंदैन। भविष्य हेरेर अगाडि बढ्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले नेपाल र भारतको मित्रतालाई हेरेर भारतले पूर्ण सहयोग गर्नुपर्ने बताएका छन् । उनले नेपाल र भारतको मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्ने धारणा राखेका हुन ।

सामाजिक सञ्जालमा भने प्रधानमन्त्री ओलीले केहि पहिले तिनै मधेशी नेताहरुको राष्ट्रियतामा शंका गरेको तर अहिले सत्ताका लागि तिनैलाई बोकेको भनेर आरोप लगाएछन् । त्यस्तै २०७२ सालको संविधानलाई धोका भन्दै कालो संविधान भन्ने राजेन्द्र महतोले ओलीको सरकारमा उपप्रधानमन्त्री भएको भन्दै आलोचनाको शिकार हुनु परेको छ । राजेन्द्र महतोले संविधानको बिरोधमा संविधान २०७२ को प्रतिक जलाउदै गरेको फोटो र उनले ओलीका विरुद्धमा गरेको भाषण पनि सामाजिक साइटमा भाइरल भएका छन् ।

सम्बन्धित खवर