मधेशी नेतालाई सरकारमा ल्याएकै दिन ओलीले भने अब भारतसँग कुनै असमझदारी छैन - Khabar Nepali
  • मङ्गलबार, असोज १२, २०७८

मधेशी नेतालाई सरकारमा ल्याएकै दिन ओलीले भने अब भारतसँग कुनै असमझदारी छैन

आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । आजकै दिन पारेर प्रधानमन्त्री ओलीले बीबीसी हिन्दीमा अन्तरवार्ता दिएका छन् तर प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूह सरकारमा सहभागी भएकै दिन राजेन्द्र महतो लगायतका नेताहरू मन्त्री बनेकै दिन अब भारतसँग कुनै असमझदारी नभएको घोषणा गरेका छन् ।

उनले अब भारतसँग सबै असमझदारी हटेको बताउँदै अबको सम्वन्ध झनै राम्रो हुने बताएका छन् । बीबीसी हिन्दी सेवाका लागि शालु यादवलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले विगतमा भारतसंग असमझदारी भएको स्विकार गरेपनि अहिले भने त्यो हटेको दावी गरेका छन् । उनले छिमेकी देशहरुको बीचमा प्रेम र समस्या हुनु स्वभाविक भएको बताए ।

उनले भनेका छन ‘पहिले असमझदारीहरु थिए । तर अब ती असझदारी हटेका छन् । हामी त्यसैमा अल्झिएर बस्नु हुंदैन। भविष्य हेरेर अगाडि बढ्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले नेपाल र भारतको मित्रतालाई हेरेर भारतले पूर्ण सहयोग गर्नुपर्ने बताएका छन् । उनले नेपाल र भारतको मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्ने धारणा राखेका हुन ।

सामाजिक सञ्जालमा भने प्रधानमन्त्री ओलीले केहि पहिले तिनै मधेशी नेताहरुको राष्ट्रियतामा शंका गरेको तर अहिले सत्ताका लागि तिनैलाई बोकेको भनेर आरोप लगाएछन् । त्यस्तै २०७२ सालको संविधानलाई धोका भन्दै कालो संविधान भन्ने राजेन्द्र महतोले ओलीको सरकारमा उपप्रधानमन्त्री भएको भन्दै आलोचनाको शिकार हुनु परेको छ । राजेन्द्र महतोले संविधानको बिरोधमा संविधान २०७२ को प्रतिक जलाउदै गरेको फोटो र उनले ओलीका विरुद्धमा गरेको भाषण पनि सामाजिक साइटमा भाइरल भएका छन् ।

सम्बन्धित खवर