सर्वसाधारणका लागि यति कित्ता आईपीओ जारी गर्दै डिशहोम - Khabar Nepali
  • शनिबार, असोज ३०, २०७८

सर्वसाधारणका लागि यति कित्ता आईपीओ जारी गर्दै डिशहोम

डीटीएच सेवाप्रदायक डिशहोमले सर्वसाधारणका लागि झण्डै २४ लाख कित्ता शेयर जारी गर्ने भएको छ । हालै नेपाल धितोपत्र बोर्डले शेयर निष्कासनका लागि अनुमति दिएसँगै डिशहोमले आईपीओ जारी गर्ने ढाेका खुलेकाे हाे ।

डिशहोम २०१७ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । धिताेपत्र बाेर्डकाे अनुमतिसँगै अब कम्पनीले कूल पुँजीकाे १० प्रतिशत शेयर आईपीओ सर्वसाधारणका लागि जारी गर्नेछ ।

कम्पनीले सय रुपियाँ मूल्यको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियाे ।

यो पनि पढ्नुहोस्ः निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।आज बैंकिङ समयसम्म मात्र उक्त कम्पनीको लिलामी शेयरमा आवेदन दिन सकिने छ ।

कम्पनीले जेठ १३ गते देखि गते देखि १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ५५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले शेयर खरीदका लागि न्यूनतम २ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ। यसमा कम्पनीका शेयरधनी साथै सर्वसाधारण तथा तथा अन्य योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित खवर