आजको सुनको मुल्य सुनेर सबै चकित, हेर्नुहोस् आजको मुल्य - Khabar Nepali
  • शनिबार, असोज ३०, २०७८

आजको सुनको मुल्य सुनेर सबै चकित, हेर्नुहोस् आजको मुल्य

सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ । अघिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्‍य बिहीबार भने चार सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्‍य ९४ हजार ९ सय रुपैयाँ तोकेको छ ।

मंगलबार र बुधबार सुनको मूल्‍य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्‍यको कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ । बुधबार मंगलबार भन्दा तोलामा १० रुपैयाँले घटेर एक् हजार तीन सय ६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यसरी हुन्छ सुनको मूल्य निर्धारण

हाम्रा छिमेकका सुन पसलले हरेक दिन मूल्य निर्धारण कसरी गर्छन् होला ? नेपाल सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य भन्छन्, ‘मूल रूपमा न्युयोर्क एक्सचेञ्जको कारोबार दरलाई आधार मानेर मूल्य तय हुन्छ। तर, भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि ध्यानमा राखेर मूल्य निर्धारण समितिले भाउ तय गर्छ।’

शाक्यका अनुसार नेपाली समयअनुसार विहान १० बजेको अन्तर्राष्ट्रिय बजारको मूल्यलाई नेपालमा मूल्य निर्धारणको आधार मानिन्छ। सोही सन्दर्भ मूल्यमा सो दिनका लागि राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यले गुणन गरिन्छ। यसरी आएको गुणनफलमा प्रतिग्राम सरकारले लिने ८५० रुपैयाँ भन्सार जोडिन्छ। अब त्यो मूल्यमा १ प्रतिशत ह्यान्डलिङ शुल्क जोड्ने र थप १ प्रतिशत मुनाफा जोड्ने गरिन्छ’, शाक्य भन्छन्, ‘त्यो मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्छन्।’ सुन आयातगर्दा लाग्ने बीमा लगायतका दायित्व भुक्तानी गर्न ह्यान्डलिङ शुल्क लाग्ने उनले बताए।

यसरी अन्तर्राष्ट्रिय बजारमा सुन महँगिँदा वा डलरको भाउ नेपाली मुद्राको तुलनामा महँगो हुँदा पनि नेपाली बजारमा सुन महँगिन्छ। सरकारले भन्सार राजस्वको दर बढाइदिएको अवस्थामा पनि सुन महँगिन्छ। अहिले यी तिनै कुराले नेपालीका लागि सुन ज्यादै महँगो भएको हो।

सम्बन्धित खवर