23.1 C
Kathmandu
Wednesday, June 29, 2022

उज्वल थापाको दिउँसोको २:३० बजेको स्वास्थ्य बारेमा नयाँ अपडेट यस्तो छ

आज केहि पत्रकारहरुले आफ्नो व्यक्तिगत फेसबुक र ट्विटर एकाउन्टबाट विवेकशील पार्टीका पुर्वअध्यक्ष उज्वल थापाको बारेमा गलत जानकारीहरु दिए । त्यो सामाजिक सञ्जालमा आगो सरी फैलिएको छ तर अहिले दिउँसोको २ बजेर ३० मिनेटमा यो समाचार तयार पार्दासम्मको अवस्था यस्तो छ ।

विवेकशील साझाकी नेता रञ्जु दर्शनाले आफ्नो फेसबुक पेजमा त्यो समाचार सत्य नभएको र अहिले पनि उज्वल थापाको सास रहेको लेखेकी छिन् भने अनलाइनखबरले पनि समाचार प्रकाशित गरेको छ । अनलाइनखबरले विवेकशील साझा पार्टीका नेता उज्जवल थापालाई भ्यान्टिरमा राखेर उपचार भइरहेको लेखेको छ । कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आएको छैन । थापाका साथी एवं डाक्टर विष्णु दवाडीले अनलाइनखबरसँग भने, ‘मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचारको प्रयास भए पनि सुधार आएको छैन ।’ हाल थापाको स्वास्थ्य अवस्था स्थिर रहेको उनले बताए ।

रातोपाटीले कोरोना संक्रमणपछि गम्भीर बिरामी भएका विवेकशील साझाका नेता उज्वल थापाको पछिल्लो अवस्थाबारे अस्पतालले बिवरण सार्वजनिक गर्दैछ भनेर समाचार लेखेको छ । साथै परिवारका सदस्यलाई पनि अस्पतालमा बोलाइएको सो पार्टीका नेता हरिष भट्टले जानकारी दिए । राजधानीको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइँदै आएको छ भन्ने खबर रातोपाटीमा छ ।

त्यस्तै रातोपाटीले नै विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको समाचार प्रकाशित गरेको छ । यद्यपि,अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको जानकारी दिए भन्ने खबर रातोपाटीमा छ ।

Latest news
Related news