बाबुराम भट्टराईको इन्डियामा पढ्दाको फोटो भेटियो, आफैले खोले यस्तो रहस्य - Khabar Nepali
  • बुधबार, असार ०९, २०७८

बाबुराम भट्टराईको इन्डियामा पढ्दाको फोटो भेटियो, आफैले खोले यस्तो रहस्य

बाबुराम भट्टराई को हुन् भनेर नेपालमा कसैलाई पनि सायदै भनिराख्नु पर्ला । माओवादी विद्रोहको समयमा बाबुरामले हतियार बोकेर मान्छेहरु मार्दै युद्ध गरे पनि उनको चमक कम थिएन । उनी कुनै तिलस्मी पात्र जस्तै प्रसिद्ध थिए । हुन पनि बाबुरामको शैक्षिक योग्यताका अगाडी उनको त्यो विशेषणहरु सहि हो भन्ने लाग्छन् । उनले जीवनमा कहिलै पनि दोस्रो हुन नपरेको कथा अहिले पनि नेपाली समाजमा व्याप्त छ ।

तिनै बाबुराम भट्टराई गोरखाको एउटा सानो गाउँबाट पढ्नका लागि अस्कल पुगे । त्यहाँ पाएको सफलतासँगै उनी इन्जिनियरिङ पढ्न भारत पुगे । उनले त्यहाँबाट पिएचडीको अध्ययन पुरा गरे । त्यसपछि नेपालको राजनीतिमा होमिएका बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री सम्म हुन पुगे । प्रधानमन्त्रीका रुपमा छोटो समय शासन गरेका उनले काठमाण्डौँको शहरी विकाशमा ठुला ठुला बाटो बनाएका कारण सम्झना गरिन्छ । त्यस्तै झोलामा खोला भन्ने समय जहाँ खोलाहरुबाट बिजुली निकाल्ने भन्दा पनि लाइसेन्सकै किनबेच भइरहने थियो, त्यसलाई अन्त्य गर्न ठुलो नीतिगत परिवर्तन गराए ।

अर्थमन्त्रीका रुपमा बाबुराम भट्टराई एक सफल अर्थमन्त्री थिए भन्ने आधारहरु पनि धेरै छन् । उनले करको मात्रा नबढाइ करको दायरा बढाएर देशलाई सबल बनाउने नीतिलाई नेपालमा एकदमै सफलतापुर्वक लागू गरे । यसैले उनका बारेमा जति विवाद हुन्छन्, त्यति नै वा त्यो भन्दा बढि उनका सफलताका किस्साहरु नेपाली राजनीतिमा चल्ने गर्छन् । दुई पट्टी नै बाबुराम भट्टराई अलग पात्रका रुपमा हेरिन्छन् । अझै पनि बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहनेहरुको संख्या कम छैन ।

बाबुराम भट्टराई नेपाली राजनीतिमा मात्रै चर्चित छैनन् । उनी सामाजिक साइट फेसबुकमा पनि चर्चित छन् । उनलाई सामाजिक साइट फेसबुकमा चौध लाख भन्दा धेरै मानिसहरुले फलो गरेका छन् । उनी आफ्ना व्यक्तिगत र राजनीतिक कुराहरु सामाजिक साइटमा लेख्ने गर्छन् । आज उनै बाबुराम भट्टराईले सामाजिक साइटमा आफ्नो पुरानो फोटो पोस्ट गरेर लेखेेका छन्, “चण्डिगढमा पढ्दाका सहपाठीहरूसंगको फोटो (सन् १९७५/७६?) आज कतैबाट हात लाग्यो! बेलबटम प्यान्ट त्यतिबेलाको फेसन स्मरणयोग्य !”

तस्विरमा बाबुराम भट्टराई धेरै मानिसहरुसँग बसेर फोटो खिचेका छन् । जहाँ पुरानो जमानाको उनले भने जस्तै बेलबटम प्यान्ट लगाउनेहरु छन् । सायद उनी त्यो फोटो देखे पछि आफ्नो त्यो बेलाको समयमा पुगे, जहाँ उनी अध्ययन गर्थे, भविष्यका सपनाहरु सजाउँथे । तर उनले त्यो बारेमा नभनेर केवल आफुलाई पुरानो फोटो हात लागेको र त्यसमा आफ्नो फेसन सम्झेको लेखेका छन् । तपाईलाई बाबुराम भट्टराईको पुरानो फोटो हेेर्दा कस्तो लाग्यो ? यो फोटोमा बाबुराम भट्टराई कुन हुन् भन्ने त चिन्नु भो नि, हामीलाई कमेन्टमा भन्न सक्नु हुन्छ ।

सम्बन्धित खवर