योगेश भट्टराई फेरि नेपाल समूहमा, सन्दिप लामिछानेलाई भिसाको समस्या - थप २० समाचार भिडियो - Khabar Nepali
  • बुधबार, असार ०९, २०७८

योगेश भट्टराई फेरि नेपाल समूहमा, सन्दिप लामिछानेलाई भिसाको समस्या – थप २० समाचार भिडियो

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमितभन्दा निको हुने बढी रहेका छन् । बुधबार ६ हजार सात सय १४ जना संक्रमित थपिएकोमा ६ हजार सात सय १६ जना निको भएका छन् । देशभर संक्रमणबाट थप एक सय ४५ जनाको मृत्यु भएको छ ।

बुधबार २०६५औ बुद्धजयन्तीका अवसरमा बौद्धधमालम्बीहरुले विभिन्न धार्मिक स्थलमा सामान्य पूजाआज गरेर मनाएका छन् । कोरोना संक्रमणबीच जारी निषेधाज्ञाका कारण काठमाडौंको स्वयंभू चैत्य तथा बौद्धमा भक्तजनको उपस्थिति खासै थिएन । धार्मिकस्थलहरूमा बौद्ध गुरुहरुले पूजापाठ गरी औपचारिकता मात्र पूरा गरेर मनाइयो । नेपाल बार एशोसिएसनले संसद् विघटन गर्ने कदमलाई असंवैधानिक भनेको छ । आज अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र महासचिव अधिवक्ता लिलामणि पौडेलले संयुक्त हस्ताक्षरसहित विज्ञप्ती निकालेर बारले यस्तो भनेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरहरू समयमा नै फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयले बुधबार एक सूचना सार्वजनिक गर्दै केहि दिनदेखि अस्पतालमा सहज भएको अक्सिजन आपूर्ति व्यवस्थामा सिलिण्डरहरु समयमा सम्बन्धित उद्योगहरुमा भर्नको लागि फिर्ता नपुग्ने समस्या बढ्न थालेको जनाएको हो । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालमा आएका नागरिकता वितरण सम्बन्धी विभिन्न पोष्टहरु आधारहीन रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी भिमकान्त पौडेलले जेष्ठ १२ गते बुधबार एक विज्ञप्ती जारी गर्दै वीरगञ्जमा नागरिकता लिनेको भीड रहेको र त्यसमा भारतीय नागरिकहरु पनि सामेल रहेको भनी समाजिक सञ्जालमा आएका पोष्टहरु आधारहीन रहेको जनाउनुभएको हो ।

यीसँगै हिजोका २० मुख्य खबरहरु तपाईले भिडियोमा हेर्न र सुन्न सक्नु हुनेछ । टिभीनेपाली युट्युब च्यानलमा तपाईले हरेक दिन अघिल्लो दिनका २० वटा मुख्य र थाहा पाउनु पर्ने समाचारहरु एकै पटकमा सुन्न पाउनु हुनेछ ।

सम्बन्धित खवर