नेपाली क्रिकेटको लागि खुशीको खबर आइसिसीले ल्यायो यस्तो प्रस्ताव - Khabar Nepali
  • बुधबार, असार ०९, २०७८

नेपाली क्रिकेटको लागि खुशीको खबर आइसिसीले ल्यायो यस्तो प्रस्ताव

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले टी-२० विश्वकपमा २० टिमलाई सहभागी गराउने विषयमा छलफल अघि बढाएको छ। क्रिकेटलाई विश्वभर विकास गर्ने उद्देश्य लिएको आइसिसीले सन् २०२४ को टी-२० विश्वकप देखि २० टिमलाई सहभागी गराउने विषयमा छलफल अघि बढाएको हो। त्यसअघि हुने दुई संस्करणको टी-२० विश्वकपमा भने १६ टिमबीच नै प्रतिस्पर्धा हुनेछ। सन् २०२१ को टी-२० भारतमा र २०२२ को टी-२० विश्वकप अस्ट्रेलियामा हुने तय छ। कोरोना भाइरसका कारण भारतमा हुने तय विश्वकप अनिश्चित बनेको अवस्था छ।

२०२४ देखि २० टिमलाई सहभागी गराउँदा चार समूहमा पाँच-पाँच टिम राख्ने प्रस्ताव गरिएको छ। आइसिसीले टी-२० फर्म्याटलाई क्रिकेटको विकास गराउन सकिने एउटा माध्यम हुन सक्ने विश्लेषण गर्दै विश्वकपमा सहभागी संख्या बढाउने प्रस्ताव अघि सारेको हो। यस्तै आइसिसीले महिला प्रतिस्पर्धालाई पनि अझ बढाउने प्रस्ताव गरेको छ।

एकदिवसीय विश्वकपमा पनि अब १४ टिमबीच प्रतिस्पर्धा गराउने पनि प्रस्ताव छ। सन् २०२३ को एकदिवसीय विश्वकपमा १० टिमबीच मात्र प्रतिस्पर्धा हुने तय छ। आइसिसीले ओलम्पिकमा पनि क्रिकेटलाई सहभागी गराउन सहमती दिइसकेको छ। ओलम्पिकमा भने टी-१० को फर्म्याटमा प्रतिस्पर्धा गराउने विषयमा छलफल भइरहेको छ।

सम्बन्धित खवर