राष्ट्रपति कार्यालयबाट यस्तो विज्ञप्ति, सबै चकित (विज्ञप्ति सहित) - Khabar Nepali
  • बिहिबार, असार १०, २०७८

राष्ट्रपति कार्यालयबाट यस्तो विज्ञप्ति, सबै चकित (विज्ञप्ति सहित)

राष्ट्रपति कार्यालयले संविधानको धारा ७६(२) अनुसार गठबन्धन सरकारको प्रधानमन्त्रीका लागि कसैबाट पनि दाबी पेस नभएको जनाएको छ। विज्ञप्ति प्रकाशन गर्दै कार्यालयले बिहीबार राति ९ बजेसम्मको समयसीमामा कुनै पनि दलबाट दाबी नपरेको जनाएको हो।

 

केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही बेरमा प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन् । ओली प्रधानमन्त्री हुने भएपछि शीतल निवास पुग्‍दैछन् । औली शीतल निवास पुगेपछि उनलाई प्रधानमन्त्री नियुक्त गरिएको गरेको घोषणा हुनेछ । यद्यपि उनको सपथ भने शुक्रबार बिहानलाई तय गरिएको राष्ट्रपति कार्यालय श्रोतले बतायो ।

प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले आफ्नो नयाँ मन्त्रिपरिषद पनि तय गर्नेछन् । उनले एमालेका असन्तुष्ट पक्ष र जनता समाजावादी पार्टीका नेताहरूलाई समेत समेट्ने उनी निकट स्रोतले बतायो । शीतल निवास पनि जो आए पनि आजै प्रधानमन्त्री नियुक्त गर्ने भनेर तयारीका साथ बसेको छ । यद्यपि सपथ कार्यक्रम भने थप तयारी गर्न पर्ने भन्दै शुक्रबारलाई राखिएको कार्यालयले बताएकाे छ ।

सम्बन्धित खवर