शेरबहादुर देउवाले ओलीलाई यस्तो भने, परे सबै चकित - Khabar Nepali
  • बिहिबार, असार १०, २०७८

शेरबहादुर देउवाले ओलीलाई यस्तो भने, परे सबै चकित

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने थाहा पाउँदा पाउँदै विश्वासको मत मागेको बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतको प्रस्तावबारे संसदमा बोल्दै देउवाले भने,’ प्रधानमन्त्रीले विश्वासको मत पाउँदिन भन्ने थाहा पाएरै विश्वासको मत माग्नुभयो ।’ प्रधानमन्त्री ओलीले आफू सदनबाटै बहुमतमको सरकारका रुपमा चयन भएकाले सदनले फेरि विश्वासको मत दिने विश्वास व्यक्त गरेका थिए ।

यो पनि हेर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन हुनसक्ने बताउनुभको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतका लागि आह्वान गर्दै उहाँले आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनुभयो । देश र जनताको चाहनालाई समेटेर समयानुकुल ढङ्गले संशोधन हुन सक्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै पनि पक्षमा विश्वास नगर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । मुलुकका सार्वभौतसत्ता, राष्ट्रियता र देश विकासका लागि अहिलेको सरकारलाई विश्वास गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा गरिने भूमिकालाई हेर्ने हो भने अहिलेको सरकार अब्बल रहेको उहाँको दाबी छ । उहाँले अहिले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको बारेमा बहस हुन थालेको जिकिर गर्नुभयो । समस्याहरूको गीत मात्र गाएर नभइ समस्याको समाधान गर्न दृढताका साथ अघि बढेको ओलीले बताउनुभयो । नेपालमा आधारभूत रुपमा संविधान मान्दिन भन्ने कुनै पनि कुरा नभएको उहाँको जिकिर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले विश्वासको मत मागेका हुन् । कुनै दलले नदिने निर्णय गरेको पनि मान्यज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी रेजा लगाउन सक्नुहुन्छ सभामुख महोदय उनले भने ।यहि सदनको बलले आफू प्रधानमन्त्रीमा नै रहिरहने पनि उनले बताए । बाहिरका हल्ला–खल्ला बेग्लै भएको भन्दै उनले आफूमाथि कसैले अविश्वास नगरेको जिकिर पनि गरे ।

सम्बन्धित खवर