प्रधानमन्त्री ओलीले गरे ठुलो फैसला, सबै परे चकित - Khabar Nepali
  • बिहिबार, असार १०, २०७८

प्रधानमन्त्री ओलीले गरे ठुलो फैसला, सबै परे चकित

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन हुनसक्ने बताउनुभको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतका लागि आह्वान गर्दै उहाँले आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनुभयो । देश र जनताको चाहनालाई समेटेर समयानुकुल ढङ्गले संशोधन हुन सक्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै पनि पक्षमा विश्वास नगर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । मुलुकका सार्वभौतसत्ता, राष्ट्रियता र देश विकासका लागि अहिलेको सरकारलाई विश्वास गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा गरिने भूमिकालाई हेर्ने हो भने अहिलेको सरकार अब्बल रहेको उहाँको दाबी छ । उहाँले अहिले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको बारेमा बहस हुन थालेको जिकिर गर्नुभयो । समस्याहरूको गीत मात्र गाएर नभइ समस्याको समाधान गर्न दृढताका साथ अघि बढेको ओलीले बताउनुभयो । नेपालमा आधारभूत रुपमा संविधान मान्दिन भन्ने कुनै पनि कुरा नभएको उहाँको जिकिर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले विश्वासको मत मागेका हुन् । कुनै दलले नदिने निर्णय गरेको पनि मान्यज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी रेजा लगाउन सक्नुहुन्छ सभामुख महोदय उनले भने ।यहि सदनको बलले आफू प्रधानमन्त्रीमा नै रहिरहने पनि उनले बताए । बाहिरका हल्ला–खल्ला बेग्लै भएको भन्दै उनले आफूमाथि कसैले अविश्वास नगरेको जिकिर पनि गरे ।

सम्बन्धित खवर