अभिनेत्री पूजाले आँचललाइ 'धारै नखोली' भनेपछि यस्तो भयो (भिडियो सहित) - Khabar Nepali
  • बिहिबार, असार १०, २०७८

अभिनेत्री पूजाले आँचललाइ ‘धारै नखोली’ भनेपछि यस्तो भयो (भिडियो सहित)

नेपाली सिनेमाका तीन चर्चित अनुहार अभिनेत्री पूजा शर्मा र आँचल शर्माका साथमा नायक आकाश श्रेष्ठ एउटै भिडिओमा देखिएका छन्। समिक्षा अधिकारी र रोशन अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी कलाकार एकै ठाउँमा देखिएका हुन्। भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन्।

यो गीतमा दिनेश राज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडिओ निर्देशक विधान कार्की हुन्। भिडिओमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ। डान्सिङ नम्बरको यस गीतको भिडिओ हाल ट्रेन्डिङमा छ। गीतको भिडिओ डिभाइन म्युजिकको युट्युब च्यानलबाट अपलोड गरिएको हो।

सम्बन्धित खवर