यसकारण ओलीले विश्वासको मत नपाए पनि हार्दैनन्, सबै बुझाउने भिडियो - Khabar Nepali
  • बिहिबार, असार १०, २०७८

यसकारण ओलीले विश्वासको मत नपाए पनि हार्दैनन्, सबै बुझाउने भिडियो

संसद विघटन उल्टिए पछि पनि जब प्रधानमन्त्रीले राजिनामा दिएनन् तब देखि नै विपक्षीदलहरुले प्रधानमन्त्रीका विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउँछौँ, अविश्वासको प्रस्ताव ल्याउँछौँ भन्दै धम्क्याइरहे तर अविश्वासको प्रस्ताव भने ल्याएनन् । अब प्रधानमन्त्री खड्गप्रसाद ओली आफैले विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि आउँदो २७ गते प्रतिनिधीसभाको अधिवेशन आवहान गरिएको छ । संसदको गणित अनुसार जम्मा सांसदको संख्या २७५ मा बहुमतका लागि १३८ सांसद चाहिन्छन् तर ५ पद खाली भएकाले अहिले १३६ सांसदले नै बहुमत पुग्छ । संसदमा ओलीको दल एमालेका १ सय २१ सांसद छन् । आफ्नै दलका सबैले मत दिए पनि विश्वासको मत लिनका लागि ओलीलाई अरू १५ जना सांसद भए चाहिन्छन् ।  यसका लागि जसपाको १४ सांसद भएको एउटा पक्षलाई विश्वासमा लिन ओलीले सक्दो कसरत गरेका छन् तरपनि उनलाई बहुमत पुगेको छैन । यो हिसाब अर्को पाटो पनि छ ।

एमालेभित्र ३५ जना सांसद माधव नेपाल समूहमा छन् । यी मध्ये २७ जनालाई त ओलीले स्पष्टिकरण नै सोधिसकेका छन् । यी सांसदले फ्लोरक्रस गर्न सक्ने अनुमान गरिन्छ । अहिले त नेपाल पक्षका सांसदहरुले सामूहिक राजिनामा दिने तर ओलीलाई समर्थन नगर्नेसम्म समाचारहरु बाहिरिएका छन् । यसैले चमत्कारै भए मात्रै हो नत्र ओलीले विश्वासको मत नपाउने निश्चित प्राय छ । आफुले नपाउने विश्वासको मत लिन किन ओली अग्रसर भए ? राजनीतिकवृतमा अहिले चलेको प्रश्न यहि छ । आज यहि प्रश्नको सेरोफेरोमा रहेर कुरा गरौँ ।

ओलीको सरकार अहिले संविधानको धारा ७६ (२) बमोजिमको हो । यसरी बनेको सरकारलाई समर्थन गर्ने दलले समर्थन फिर्ता लियो भने संविधानको धारा १०० को उपधारा २ अनुसार त्यसको ३० दिन भित्र संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ तर ओलीलाई हटाउन दौडधुप गरिरहेको माओवादीले ओली आफैले विश्वासको मत माग्दासम्म पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको थिएन । यसैले धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिइएको होइन ।

यसो त संविधानले प्रधानमन्त्रीलाई यो अधिकार दिएको छ । संविधानको धारा १०० को उपधारा १ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठाने विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्न सक्ने प्रावधान छ । तर यहि बेला किन त ? पुन: प्रश्न त्यहि आउँछ ।

यो प्रश्नको सहि जवाफ ओलीले मात्रै दिन सक्छन् । बिडम्बना भन्नु पर्छ कि नेताहरुमा देखिएको इमान्दारिता, पारदर्शीता, जवाफदेहिता र नैतिकताको कमीले गर्दा नेपाली राजनीति पानी भन्दा तरल छ । यसैले घटनाक्रम यसरी फेरिन्छ कि हाम्रो अनुमान हवाइ फायर भन्दा बढि निशानाहीन बन्छ । त्यै पनि अहिलेको घटनाक्रमका आधारमा ओलीले विश्वासको मत लिन चाहनुका ३ वटा कारणहरु उल्लेख्य देखिन्छन् । यसबारेमा तपाईले भिडियोमा थाहा पाउनुहुनेछ । कृपया, भिडियो हेर्नुहोस् ।

सम्बन्धित खवर