कोरोनाको समयमा सलमानले गरे यस्तो फैसला - Khabar Nepali
  • बुधबार, असार ०९, २०७८

कोरोनाको समयमा सलमानले गरे यस्तो फैसला

कोरोना भाइरसको दोस्रो लहर आएसँगै यतिबेला भारतको सिनेमा उद्योगको रफ्तार फेरि घटेको छ ।

कयौं राज्यमा सुटिङमा प्रतिबन्ध लागिसकेको छ । जसकारण फिल्म उद्योगमा दैनिक ज्याला गर्ने मजदुरहरुले फेरि आर्थिक समस्या झेल्नुपरेको छ ।

यस्तो अवस्थामा बलिउड अभिनेता सलमान खानले स्पटबोइ, टेक्निसियन, मेकअप आर्टिस्ट, स्टन्टम्यानजस्ता २५ हजार मजदुरलाई आर्थिक सहयोग गर्ने जिम्मेवारी लिएका छन् ।

फेडेरेसन अफ वेस्टर्न इन्डियन सिने इम्प्लोइका अध्यक्ष बीएन तिवारीले एक अन्तर्वार्तामा यसबारे जानकारी गराएका हुन् ।

उनले भने, ‘हामीले सलमान खानसँग सहयोग माग्यौं । उनले आर्थिक सहयोग गर्ने बताएका छन् । जसमार्फत उनले करिब २५ हजार मजदुरको खातामा सिधै १ हजार ५ सय रुपैयाँ पठाउनेछन् ।’

खान अभिनित फिल्म ‘राधे’ आउँदो मे १३ मा रिलिज हुने तयारीमा छ । यस फिल्मबाट आर्जित कमाईको एक भाग पनि सलमानले अक्सिजन सिलिन्डर, कन्स्ट्रेटर्स र भेन्टिरेटरको सहयोगका लागि दिने बताएका छन् ।

सम्बन्धित खवर