जय किसान बस्नेत र राजेन्द्र खड्गी प्रकाश सुबेदीको कार्यक्रमा आमने सामने - Khabar Nepali
  • बुधबार, असार ०९, २०७८

जय किसान बस्नेत र राजेन्द्र खड्गी प्रकाश सुबेदीको कार्यक्रमा आमने सामने

पछिल्लो समय आफ्नो अभिव्यक्तिले निकै चर्चा र बिबादमा आएका नेपाली सिने क्षेत्रका दुई हस्ती जय किसाब बस्नेत र राजेन्द्र खड्की मिडियामा आमने सामने भएका छन। प्रकाश सुबेदीको कार्यक्रम ग्ल्यामर गफमा दुई जना आमने सामने भएका हुन। यसै कुराको जानकारी दिंदै पत्रकार सुबेदिले स्टाटस लेखेका छन ।

आज राती बजे ८ बजे एपीवान टि भि तथा रजतपट अनलाइन टि भि मा हेर्नुहोला, राजेन्द्र खड्गी भर्सेज जय किशन बस्नेतसंग प्रकाश सुवेदी एकसाथ, अत्यन्तै खरो बहस आज राति ८ बजे ,गरमागरम ग्लामर गफ ( द्वन्द निर्देशक राजेन्द्र खडगी र अभिनेता जय किशन बस्नेत एकै साथ ।
त्यस्तै यही कुराको जानकारी दिंदै अभिनेता जय किसान बस्नेतले लेखेका छन् ।

आज राती ८ बजे एपीवान टि भि तथा रजतपट अनलाइन टि भि मा हेर्नुहोला, राजेन्द्र खड्गी भर्सेज जय किशन बस्नेत भर्सेज प्रकाश सुवेदी एकसाथ, अत्यन्तै खरो बहस खासगरी कलाकार किशोर खतीवडा, उनको प्रेमीका लक्ष्मी गदालबीचमा भएको विवाद र मिलाउने बहानामा जोडिएकी आफुलाई मानव अधिकारकर्मी भन्ने सिर्जना वाग्लेको विषयलाई लिएर राजेन्द्र खड्गीकाले दिएको अभिब्यक्ति पछि सामाजिक सञ्जालमा रोचक दोहोरी चलेको छ । जयकिशन बस्नेतले राजेन्द्र खड्गी र राजेन्द्र खड्गीले जयकिशन बस्नेतलाई चेतावनी दिँदै आफ्ना भनाई सार्वजनिक गरिरहेका छन् ।

सामाजिक सञ्जालमा निकै वहसमा रहेका यि दुई पात्रलाई टेलिभिजन पत्रकार तथा रंगकर्मी प्रकाश सुवेदीले एकै ठाउँमा ल्याएका हुन् । सामाजिक सञ्जालमा एक अर्काबीच खरो उत्रेका यि दुई आमने सामने हुँदा कसरी प्रस्तुत हुन्छन् त्यो भने हेर्न बाँकी छ ।

सम्बन्धित खवर