एकैदिन ३ लाख ८६ हजारलाई कोरोना, ३४९८ को मृत्यु - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

एकैदिन ३ लाख ८६ हजारलाई कोरोना, ३४९८ को मृत्यु

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त हालसम्मकै सबैभन्दा बढी ३ लाख ८६ हजार ४ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन ३ लाख ७९ हजार २ सय ५७ जना संक्रमित थपिएका थिए। मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ करोड ८७ लाख ६२ हजार ९ सय ७६ पुगेको छ ।

एक दिनको अवधिमा ३ हजार ४ सय ९८ जनाले ज्यान गुमाएका छन् । शुक्रबार साँझसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ८ हजार ३ सय ३० पुगिसकेको छ ।

भाइरस प्रभावित देशहरूको सूचीमा शीर्षस्थानमा रहेको अमेरिकामा ३ करोड २२ लाखभन्दा बढी संक्रमित छन् । ५ लाख ७५ हजारभन्दा बढीको भाइरसले मृत्यु भइसकेको छ ।

सम्बन्धित खवर