दैनिक ३ लाख भन्दा बढी संक्रमित थपिँदै, एकैदिन ३६४५ जनाको मृत्यु - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

दैनिक ३ लाख भन्दा बढी संक्रमित थपिँदै, एकैदिन ३६४५ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७९ हजार २५७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ। करिब एक सातादेखि भारतमा दैनिक ३ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ।

बिहीबार बिहानसम्म २ लाख ६९ हजार ५०७ जना कोरोना संक्रमण मुक्त हुँदा हाल भारतमा ३० लाख ८४ हजार ८१४ जनामा सक्रिय कोरोना संक्रमित रहेका छन्। कूल १ करोड ८३ लाख ७६ हजार ५२४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

यस्तै, एकैदिन ३ हजार ६४५ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ। भारतमा कोरोना संक्रमणका कारण २ लाख ४ हजार ८३२ जनाको मृत्यु भइसकेको छ।

भारतमा पछिल्लो दुई महिनादेखि कोरोना संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ। जसकारण कयौं राज्यहरुमा लकडाउन र निषेधाज्ञा लागू गरिएको छ। संक्रमितको संख्यासँगै भारतमा मृतकको संख्यामा पनि वृद्धि भइरहेको छ।

सम्बन्धित खवर