ओस्कारमा नोम्याडल्यान्डले जित्याे तीन ठूला अवार्ड - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

ओस्कारमा नोम्याडल्यान्डले जित्याे तीन ठूला अवार्ड

यस वर्षको ओस्कार अवार्डमा फिल्म ‘नोम्याडल्यान्ड’ले तीन ठूला अवार्ड जितेको छ। ‘नोम्याडल्यान्ड’ले बेस्ट फिल्म, बेस्ट डाइरेक्टर र बेस्ट एक्ट्रेस अवार्ड प्राप्त गरेको हो।

‘नोम्याडल्यान्ड’की निर्देशक क्लोइ चाओले सर्वश्रेष्ठ निर्देशकको अवार्ड जितिन्।ओस्कारको ९३ वर्षको इतिहासमा यो अवार्ड जित्ने उनी दोस्री महिला हुन्।

नोम्याडल्यान्डकी अभिनेत्री फ्रान्सिस म्याक्डरम्यान्डलाई बेस्ट एक्ट्रेस अवार्ड दिएइको छ। प्रख्यात अभिनेता एन्थनी हपकिन्सले अभिनेता तर्फ अवार्ड हासिल गरे।

यो पुरस्कार पाउने उनी सवैभन्दा धेरै उमेरका अभिनेता हुन्। उनलाई फिल्म ‘फादर’का लागि यो पुरस्कार प्राप्त भएको हो।

कोरोना महामारीका बीच संसारकै प्रतिष्ठित फिल्म समारोह ओस्कार्सको आयोजना अमेरिकाको लस एन्जलसको दुई ठउँमा आयोजना गरिएको थियो।

यो वर्ष बेस्ट फिल्मका लागि ‘नोम्याडल्यान्ड’का साथै ‘द फादर’, ‘जुडाज एन्ड ब्ल्याक मेसिहा’, ‘म्याक’, ‘मिनारी’, ‘प्रमिसिङ योङ वुमेन’, ‘साउन्ड अफ मेटल’ र ‘द ट्रायल अफ सिकागो’ नोमिनेशनमा परेका थिए।

सम्बन्धित खवर