सलमान खानको ‘राधे’लाई गीत चोरीको आरोप - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

सलमान खानको ‘राधे’लाई गीत चोरीको आरोप

बलिउडका सुपरस्टार सलमान खानको मोस्ट अवेटेड फिल्म ‘राधे’को ट्रेलर रिलिज भइसकेको छ । विहीबार (हिजो) मात्रै रिलिज भएको सलमान खानको ‘राधे’को टे«लरलाई दर्शकहरुले खुब रुचाइरहेका छन् ।

ट्रेलर रिलिज भएको दुई दिन नहुँदै साढे सात मिलियन भन्दा बढीले हेरिसकेका छन्, भने युट्युव ट्रेन्डिङ पाँचमा रहेको छ । फिल्मको सार्वजनिक ट्रेलरमा जबरदस्त एक्शन, डाइलग, म्युजिक तथा डान्स प्रस्तुत गरिएको छ । तर, युजर्सले सलमान खानको ‘राधे’माथि गीत चोरीको आरोप लगाउन सुरु गरेका छन् ।

फिल्मको सार्वजनिक ट्रेलरमा सलमान खान र अभिनेत्री दिशा पटानीले ‘सिटी मार’ गीतमा डान्स गरेका छन् । तर, युजर्सले उक्त गीत साउथका सुपरस्टार अल्लु अर्जुन र पूजा हेगडेको गीत ‘सिटी मार’ कपी गरेको आरोप लगाइरहेका छन् ।

युजर्सले गीतको म्युजिक समेत कपी गरेको आरोप लगाएका छन् । ‘सिटी मार’ गीत अल्लु अर्जुन र पूजा हेगडे अभिनित ‘डीजे’ फिल्मको गीत हो ।

सम्बन्धित खवर