रोनाल्डोले युभेन्टस छाड्न सक्ने पाँच कारण ! - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

रोनाल्डोले युभेन्टस छाड्न सक्ने पाँच कारण !

क्रिस्टियानो रोनाल्डोले आजसम्म जुन जुन क्लबमा रहेर खेलेका छन् प्राय क्लबमा उनी सफल भएका छन् । उनले आफ्नो फुटबल करियरमा म्यानचेस्टर युनाइटेड रियल मड्रिड र युभेन्टसको साथमा रहेर खेलेका छन् ।

यस समय भने ३६ वर्षिय रोनाल्डोले युभेन्टस छाड्न सक्ने बताइएके छ । पूर्व क्लब म्यानचेस्टर युनाइटेड र पीएसजी उनीसँग जोडिएका छन् । युभेन्टस पनि रोनाल्डोलाई बेच्नका लागि तयार देखिएको छ।

यी पाँच कारणले रोनाल्डोले युभेन्टस छाड्न सक्छन् ।

१. रोनाल्डोको बार्हिगमनले युभेन्टस पुरानै लयमा फर्कन सक्छ

युभेन्टसले रोनाल्डोमाथि ठुलो लगानि गरेर अनुबन्ध गरेको थियो तर रोनाल्डोको आगमनसँगै क्लबले ठुलो आर्थिक भार थेग्नुपय्रो ।

रोनाल्डोले वार्षिक ३० मिलियन युभेन्टसबाट पाउने बताइएको छ भने उनलाई अनुबन्ध गर्दा १०० मिलियन युभेन्टसले खर्च गरेको थियो । क्लबको आर्थिक भार कम गर्नका लागि युभेन्टसले रोनाल्डोलाई बेच्ने सम्भावना छ ।

२. सन्तुलन गुमाएको युभेन्टस टिम

युभेन्टसको टिममा केही समयदेखि तालमेल नमिलेको जस्तो देखिएको छ । गत सिजन युभेन्टसले धेरै नयाँ खेलाडीलाई अनुबन्ध गय्रो जसमा आर्थर,डेजन,अल्भरो मोराटा,चेइसालगायका थिए ।

तर नयाँ खेलाडीहरुबिच तालमेल मिल्न सकेन । जसका कारण रोनाल्डोलाई बेचेर नयाँ खेलाडीको टिम बनाउनु युभेन्टसको योजना देखिएको छ ।

३. प्रशिक्षकमाथि विश्वासको कमी

प्रशिक्षक माउरिजयो सर्रिलाई बर्खास्त गर्दै युभेले पिर्लाेलाई जिम्मेवारी दिएको थियो तर उनको आगमनले पनि युभेन्टसमा चित्तबुझ्दो परिवर्तन भने भएन ।

पिर्लोको प्रशिक्षणमाथि प्रश्न उठिरहेका बेला रोनाल्डो स्वयं पनि सन्तुष्ट देखिएका छैनन् ।

४. घरेलु उपाधिको दबाबले रोनाल्डोको बलोन डि ओर दौडमा धक्का

युभेन्टसले लगातार ९ सिजन सिरी ए को उपाधि जितेको थियो तर यस सिजन उपाधि यात्रामा धक्का लाग्ने देखिन्छ । युभेन्टस सिरी ए मा यस समय तेस्रो स्थानमा रहेको छ भने सिर्ष स्थानको इन्टर मिलानभन्दा ११ अंकले पछि परेको अवस्था छ ।

रोनाल्डोको २५ गोल लिगकै शिर्ष गोलसंख्या हो तर पनि उपाधि दौडमा पछि रहेका कारण रोनाल्डोको बलोन डि ओर दौडमा समेत धक्का लाग्ने देखिन्छ । जसका कारण रोनाल्डोले युभेन्टसमा अर्को सिजन बिताउन चाहेका छैनन् ।

५. युभेन्टस च्याम्पियन्स लिगबाट आउट हुनु

रोनाल्डोको आगमनसँगै युभेन्टस लगातार तिन सिजन च्याम्पियन्स लिगबाट आउट भयो । आयाक्स,पोर्टो र ल्योनले युभेन्टसलाई ३ सिजन च्याम्पियन्स लिगमा बाधा उत्पन्न गराएको थियो ।

पक्कै पनि रोनाल्डो च्याम्पियन्स लिग जित्न चहान्छन् तर युभेन्टसबाट यो सम्भव नदेखेकाले उनी इटली छाड्ने योजनामा देखिन्छन् ।

 

सम्बन्धित खवर