सुनको मूल्य आज घट्यो, कतिमा हुँदै छ कारोबार ? - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

सुनको मूल्य आज घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज शुक्रबार नेपाली बजारमा लगातार वृद्धि भइरहेको सुनको मूल्य आज भने घटेको छ । हिजो विहीबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५०० रुपैयाँले घटेको हो ।

यो सँगै आज प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो विहीबार १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

सम्बन्धित खवर