विश्वकीर्तिमान बनाएका कुशल चौथो खेलमा १६ रनमा आउट - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

विश्वकीर्तिमान बनाएका कुशल चौथो खेलमा १६ रनमा आउट

डेब्युपछि लगातार तीन खेलमा अर्धशतक प्रहार गरेर विश्वकीर्तिमान बनाएका कुशल भुर्तेल चौथो खेलमा १६ रनमा आउट भएका छन् ।

कीर्तिपुरमा मलेसियाविरुद्ध खेलमा कुशल १२ बलमा १६ रन बनाएर आउट हुन पुगे ।

उनले २ छक्का प्रहार गरेका थिए ।

पहिलो खेलमा नेदरल्याड्सविरुद्ध कुशलले ६२, दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्याण्ड्विरुद्ध पनि ६२ रन बनाएका थिए ।

डेब्युपछि लगातार तीन खेलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका कुशल आइसिसीको ब्याटिङ वरियतामा एकसय स्थानभित्र पनि अटाएका छन् ।

मलेसियाविरुद्ध खेलिरहेको नेपाल फाइनल पुगिसकेको छ ।

सम्बन्धित खवर