अजोड इन्स्योरेन्सकाे खुद नाफा चार करोड ५६ लाख - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

अजोड इन्स्योरेन्सकाे खुद नाफा चार करोड ५६ लाख

अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ मा चार करोड ५६ लाख भन्दा धेरै खुद नाफा आर्जन गरेकाे छ।

कम्पनीकाे तेस्राे साधारण सभामार्फत चार करोड ५६ लाख ३४ हजार ६ सय ७१ रुपैयाँ खुद नाफा आर्जन भएकाेबारे जानकारी दिइएकाे हाे।

बीमा कोषमा रु. ६ कराेड २३ लाख ७२ हजार ६ सय ५२रुपैयाँ संचित रहेको कम्पनीले जनाएकाे छ।

यस्तै कम्पनीले अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३%, खुद नाफामा २४७.३९%, एवं बीमाकोषमा १०४.०८% ले वृद्धि हासिल गर्न सफल भएको जनाएकाे छ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस तथा सोको कारण भएको बन्दाबन्दीले समग्र अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७६/०७७ मा कुल बीमा शुल्क ८८ कराेड ४३ लाख १७ हजार २ सय १८ रुपैयाँ संकलन गरेकाे छ।

कम्पनीले २०७७ फागुन मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ।

सम्बन्धित खवर