किन चर्चामा छ कंगनाको ‘१० हजार डलर’ को पर्स ? - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

किन चर्चामा छ कंगनाको ‘१० हजार डलर’ को पर्स ?

बलिउडकी अभिनेत्री कंगना रनौतले सोमबार सामाजिक सञ्जालमा सेतो सारी लगाएको तस्बिर सार्वजनिक गरिन् । उनको यो तस्बिर भाइरल भयो । उनको तस्बिरसँगै उनको ‘१० हजार डलर’ को पर्स पनि चर्चामा आयो ।

उनको पर्समा ‘१० हजार डलर’ लेखिएको छ । तर उनको पर्सको मूल्य भने निकै कम रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको उक्त पर्सको मूल्य ७५०० रुपियाँ (भारतीय रुपियाँ) रहेको जनाइएको छ ।

सेतो सारीमा सुनौलो रङको बोर्डर भएको सारी लगाएकी कंगनाको ब्लाउज भने ब्याकलेस रहेको छ ।

कंगना यतिबेला ‘थलाइवी’ फिल्मको प्रमोशनमा व्यस्त छिन् । उनले यो फिल्म अप्रिल २३ मा रिलीज हुँदैछ । फिल्म तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको जीवनमा आधारित रहेको छ ।

सम्बन्धित खवर