प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन् ।

ओलीले शुक्रबार फोन गरेर सनिवार बिहान बालुवाटार भेटौं भनेको तर प्रचण्डले आफू बालुवाटार नआउने, सिंहरदबार भए आउने भन्ने जवाफ दिएको प्रचण्डको सचिवालयले जनाएको छ । यस अघि माधब कुमार नेपालले पनि बालुवाटारमा बोलाएको बैठकमा सहभागि हुन नस्क्ने बताएका थिए ।

बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा हिउँदे अधिवेशनबारे अन्तय र बजेट अधिवेशनका सम्वन्धमा समेत छलफल हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ।

दलका नेताहरुबीच तिक्तता बढेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बोलाएका छन् ।

सम्बन्धित खवर