साम्राज्ञीलाई मिस टिन उपाधि - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

साम्राज्ञीलाई मिस टिन उपाधि

मिस टिन–२०२१ प्रदेश १ को उपाधि झापा हल्दीबारीकी साम्राज्ञी शर्माले जितेकी छन्। झापाको बिर्तामोडमा सम्पन्न ग्रान्ड फिनालेमा शर्माले उपाधि हात पारेकी हुन्।

ड्रिम्स वल्र्ड इन्टरटेनटमेन्टले आयोजना गरेको प्रतियोगिताकी विजेता साम्राज्ञीले नगद ५० हजारसहित ट्रफी पाएकी छन्। आयोजक संस्थाका निर्देशक प्रणित पुडासैनीका अनुसार उपाधि हात पारेसँगै उनले अध्ययनका लागि छात्रवृत्ति पनि पाउने छिन्।

यस्तै, मिस टिन प्रदेश १ को फस्र्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेन्ड रनरअप मोरङकी आशिका बजगार्इं बनेकीछन्। उनीहरूले क्रमशः नगद २० र १५ हजारसँगै ट्रफी पाए। उनीहरूले पनि छात्रवृत्ति पाउने पुडासैनीले जानकारी दिए। प्रतियोगितामा प्रदेश १ का २१ जना प्रतियोगी सहभागी भएका थिए।

सम्बन्धित खवर