कोरोनाभाइरसबाट जोगिन विद्यालयमा सतर्कता अपनाउन निर्देशन थप सामग्री - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

कोरोनाभाइरसबाट जोगिन विद्यालयमा सतर्कता अपनाउन निर्देशन थप सामग्री

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट बच्न शैक्षिक संस्थाहरूमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

काठमाडौं, पोखरा लगायत शहरमा विद्यालय जाने उमेर समूह अधिक संक्रमित भएको भेटिएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो। शपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मन्दिर लगायतका भीडभाड हुने धार्मिक क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने मन्त्रालयले बुधबार निर्णय गरेको सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। 

“एन्टिजेन वा पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन सम्बन्धित स्वास्थ्य कार्यालय र स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेका छौं,” डा. अधिकारीले भने।

स्वास्थ्य मन्त्रालयले साना शहरमा १०० जना सक्रिय संक्रमित देखिए आवागमनमा कडाइ गर्न पनि निर्देशन दिएको छ। ठूला शहरमा भने ५०० जना सक्रिय संक्रमित भए मात्रै कडाइ गरिने सह–प्रवक्ता डा.अधिकारी बताउँछन्।

कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै मन्त्रालयले राति ९ बजेपछि व्यवसाय तथा रेस्टुरेन्टहरू बन्द गर्न आग्रह गरेको छ। घरबाहिर निस्कँदा वा सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग लगायत स्वास्थ्य मापदण्ड पालना गराउन मन्त्रालयले स्थानीय प्रशासनलाई अनुरोध गरेको छ। 

सम्बन्धित खवर