अस्पतालमा बेड कमी हुन थालेपछि होटल भाडा लिनु पर्ने अवस्था - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

अस्पतालमा बेड कमी हुन थालेपछि होटल भाडा लिनु पर्ने अवस्था

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको ५५ हजार ४६९ जना नयाँ संक्रमित थपिएका छन् ।

यो अवधिमा ३४,२५६ जना कोरोनामुक्त भएका छन् भने २ सय ९७ ले ज्यान गुमाएका छन् । संक्रमितको नयाँ केसको यो दोस्रो ठूलो तथ्यांक हो । यो भन्दा पहिला गत अप्रिलमा ५७ हजार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

महाराष्ट्रमा अहिलेसम्म ३१ लाख १३ हजार मानिस कोरोना महामारीको चपेटामा परिसकेका छन् भने २५ लाख ८३ हजार कोरोनामुक्त भएका छन् ।

त्यहाँ अहिलेसम्म ५६ हजार ३ सय ३० जनाले भाइरसका कारण ज्यान गुमाइ सकेका छन् ।

अहिले ४ लाख ७२ हजार २८३ जना विरामीको उपचार भइरहेको छ ।

त्यति मात्र नभएर सक्रिय संक्रमितको संख्या करिव १० लाख पुग्न लागेको छ । यहि क्रममा दिल्ली र मुम्बई जस्ता ठुला शहरमा अस्पतालमा बेड (शैया)का कारण पनि समस्या हुन थालेको छ । यस बाहेक पुणा,नागपुर जस्ता शहरमा पनि बेड कम हुन थालेको छ । कोरोना भाइरस यस्तो महासंकटमा दिल्ली र मुम्बईमा पनि बेडहरु कम हुन थालेका छन् ।

मुम्बईमा कोरोना अनियन्त्रित भएको छ र हरेकदिन यहा करिव १० हजार संक्रमित भेटिन थालेका छन् । त्यहाका अस्पतालमा बेडलाई लिएर चिन्ता बढ्न थालेको छ । बीएमसीको वेबसाइटमा जारी गरेको तथ्यांक अनुसार मुम्बईमा अहिले बेडको कमी भइसकेको छैन तर संक्रमितको संख्या तिव्र गतिमा बढेकाले बेड प्रतिको चिन्ता पनि बढ्न थालेको छ ।

बीएमसीको चार्ट अनुसार मुम्बईमा अहिले कोरोना रिजर्भको करिब ५४०० बेडहरु खाली छन् । यो तथ्यांक अप्रिल ५ सम्मको हो । मुम्बईमा करीब १७ हजार बेड भरिसकेको छ । यहा करीब १३६ आईसीयू बेड खाली छन् भने ५१ वटा भेन्टिलेटर बेड मात्रै खाली बचेका छन् ।कँहा

मुम्बई जस्तै दिल्लीमा पनि कोरोनाको नयाँ लहर चलेको छ । दिल्लीमा पछिल्ला दिनमा ५१०० जना संक्रमित थपिएका छन् । अहिलेको तथ्यांक अनुसार दिल्लीमा कुल ८२२९ कोरोना बेड भएकोमा ३७७० बेडमा विरामी भरिएका छन् भने ४४५९ बेड मात्र खाली छन् ।

यद्यपि केहि दिन देखि बेड भरिने गतिमा तिव्रता आएको छ । दिल्ली – मुम्बई बाहेक पुणामा पनि स्थिति विग्रिएको छ । पुणामा बेडमा कम देखिएको छ । पुणामा पछिल्लो १५ दिनबाट प्रति दिन ४ हजार भन्दा धेरै संक्रमित देखिएको छ । जसका कारण बेड तिव्रताका साथ भरिन थालेको छ ।

सम्बन्धित खवर