ज्योति लाईफ बुधवारदेखि कारोबारमा आउने, ओपन रेञ्ज कति ? (पूरा विवरण सहित) - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

ज्योति लाईफ बुधवारदेखि कारोबारमा आउने, ओपन रेञ्ज कति ? (पूरा विवरण सहित)

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २ करोड २० लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।

सूचीकृत भएसँगै कम्पनीको शेयर दोस्रो बजारमा बुधवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले रू. १२० दशमलव २९ देखि ३६० दशमलव ८७ ओपन रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले फागुन २१ गतेदेखि २६ गते ६६ लाख कित्ता आईपीअ‍ो निष्कासन गरेको थियो । जसमध्ये ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो ।

कम्पनीको आईपीअ‍ोमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो । जसमयध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको थियो । ५ लाख ९४ हजार जना आवेदकले १० कित्ता दरले शेयर पाएका थिए ।

सम्बन्धित खवर