कोरोना संक्रमण बढेपछि दिल्लीमा कर्फ्यू - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

कोरोना संक्रमण बढेपछि दिल्लीमा कर्फ्यू

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ ।

केही समययता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतका विभिन्न स्थानमा लकडाउन र रात्रिकालीन कर्फ्यू गरिएको छ । यस्तै भारतको दिल्लीमा कोरोना संक्रमण बढ्दै गएपछि रात्रिकालीन कर्फ्यू लगाइएको छ ।

नयाँ दिल्लीमा अप्रिल ३१ सम्म लागु हुने गरी रात्रिकालीन कर्फ्युको घोषणा गरिएको हो । कर्फ्यू राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि गरिने भारतिय मिडियामा जनाइएको छ ।

दिल्लीमा सोमबार माध ३५ सय ४८ जनामा कोरोना संक्रमण भएको थियो भने १५ जनाले ज्यान गुमाएका थिए । यससँगै दिल्लीमा मात्र हालसम्म ६ लाख ७९ हजार बढी कोरोना संक्रमित पुगिसकेका छन् भने १४ हजार ५ सय बढीको ज्यान गइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ‍९६ हजार ५ सय जना कोरोना संक्रमित फेला परेका छन् । यसअघि आइतबार भारतमा एक लाख ३ हजार ७ सय ९३ जना संक्रमित फेला परेका थिए । हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २६ लाख ८४ हजार ४ सय पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४ सय ४५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५७७ जना पुगेको छ । यस्तै भारतमा १ करोड १७ लाख ३० हजार संक्रमणमुक्त भएका छन् ।

भारतको महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा पछिल्लो समय कोरोना संक्रमण फैलिएको छ ।

सम्बन्धित खवर