हजुरबुवाले नै सार्वजनिक गरिदिए करीना र सैफ अली खानका छोराको तस्बिर, केही मिनेटमै उक्त तस्बिर डिलिट - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

हजुरबुवाले नै सार्वजनिक गरिदिए करीना र सैफ अली खानका छोराको तस्बिर, केही मिनेटमै उक्त तस्बिर डिलिट

बलिउड अभिनेत्री करीना कपूर तथा अभिनेता सैफ अली खानका दोस्रा सन्तानको तस्बिर भूलवस सार्वजनिक भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

करीनाले गत फेब्रुअरी २१ मा दोस्रो छोरा जन्माएपछि हालसम्म उनीहरुले औपचारिक रुपमा नयाँ सन्तानको तस्बिर सार्वजनिक गरेका छैनन् । यसैबीच करीना बुवा रणधीर कपूरले सोमबार आफ्नो इन्स्टाग्राममा एक जना साना बालकको तस्बिर शेयर गरे । यद्यपि, केही मिनेटमै उनले उक्त तस्बिर डिलिट समेत गरे ।

यतिबेला उक्त तस्बिरलाई करीना र सैफका कान्छा छोराको तस्बिर भनेर दावी गर्न थालिएको छ । उक्त तस्बिर ईन्टरनेटमा भाइरल भैरहेको छ । रणधीरले आफ्नो इस्न्टाग्राममा दुई वटा तस्बिरको एउटा कोलाज बनाएर शेयर गरेका थिए, जसमा एउटा तस्बिर तैमूरको जस्तो देखिन्छ भने अर्को तस्बिरमा करीनाका कान्छा छोरा भएको दावी गरिएको छ ।

उक्त तस्बिरलाई तैमूरको तस्बिरसंग तुलना गरियो भने उनी तैमूरकै जस्तो देखिन्छन् ।

उक्त तस्बिरलाई रणधीरले अपलोड गर्ने बित्तिकै कतिपय प्रयोगकर्ताहरुले त्यसको स्क्रिनसट लिन भ्याए । अहिले त्यही तस्बिर सामाजिक सञ्चालमा भाइरल भएको छ ।

सम्बन्धित खवर