आज २५.७१ अंकले बढेर नेप्से कीर्तिमानी विन्दुमा - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

आज २५.७१ अंकले बढेर नेप्से कीर्तिमानी विन्दुमा

साताको पहिलो दिन शेयर बजार नेप्से कीर्तिमानी अंकमा पुगेको छ ।

आइतबार २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि नेप्से फागुन ९ गते २६ सय ४० विन्दुसम्म पुगेको थियो ।

आइतबार व्यापार, होटल, उत्पादन, म्युचल फण्ड समूहको शेयर घटे पनि अरू समूहको शेयर उकालो लागेपछि नेप्से उच्च विन्दुमा पुगेको हो ।

बैंकिङ समूहको शेयर साढे १४ अंकले, विकास बैंकको २२, जलविद्युतको ३७, फाइनान्सको ४३, माइक्रो फाइनान्सको २३, जीवन बीमा समूहको १५४, निर्जीवन बीमा समूहको ५४३ र अन्य समूहको शेयर ३९ अंकले बढेको छ ।

आइतबार २१२ कम्पनीका १ करोड ८१ लाख कित्ता शेयर ९ अर्ब ६८ लाख रुपैयाँमा किनबेच भएका छन् । निफ्राको साढे ४७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आइतबार ओमी फाइनान्स र जनरल इन्स्योरेन्ससहित सात कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सम्बन्धित खवर