रियललाई जिताउने बेन्जेमा लयमा - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

रियललाई जिताउने बेन्जेमा लयमा

स्पेनी ला लिगामा करिम बेन्जेमा लयमा रहे र उनको प्रदर्शनको मदतले रियल म्याड्रिडले आइबरलाई शनिबार २–० ले हरायो । त्यसमा बेन्जेमासँगै मार्को एसेनसियोले गोल गरे ।फ्रान्सेली खेलाडी बेन्जेमाको भने यो सिजनको २४ औं व्यक्तिगत गोल रह्यो । यो जितपछि रियल र शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी तीन अंकमा छोटिएको छ ।

शनिबारकै अन्य खेलमा भिल्लारियलले ग्रेनेडालाई ३–० ले हरायो भने ओसासुना र गेटाफेले गोलरहित बराबरी खेले ।

सम्बन्धित खवर