कोरोनाले रोक्यो अमिताभ र इमरानको ‘चेहरे’ - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

कोरोनाले रोक्यो अमिताभ र इमरानको ‘चेहरे’

बलिउड अभिनेता अमिताभ बच्चन तथा इमरान हाशमीको नयाँ फिल्म ‘चेहरे’ को ट्रेलरलाई दर्शकले मन पराए ।

यो फिल्म यही अप्रिल ९ का दिन अर्थात चैत २७ गतेदखि प्रदर्शन हुने निश्चित थियो । यद्यपि, अहिले आएर यो फिल्म उक्त मितिमा प्रदर्शन नहुने घोषणा गरिएको छ । फिल्मको नयाँ प्रदर्शन मितिका बारेमा अहिले केही पनि जानकारी गराइएको छैन ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यो फिल्म पूर्व निर्धारित मितिमा प्रदर्शन नहुने भएको हो ।

अभिनेता बच्चनले एउटा पोस्ट गर्दै कोरोना भाइरसको बढ्दो संक्रमण तथा नयाँ निर्देशिकालाई मध्यनजर गर्दै चेहरे फिल्म अप्रिल ९ का दिन सिनेमा हलमा प्रदर्शन नहुने जानकारी गराएका छन् ।

सम्बन्धित खवर