लिसा हेडेन आमा बन्दै - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

लिसा हेडेन आमा बन्दै

सन् २०२१ का केही महिना बलिउडका लागि विशेष रह्यो । यही वर्ष अभिनेता सैफ अली खान र करीना कपूर खानदेखि क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा आमाबाबु बन्दा केही सेलिब्रेटीहरु भने आमाबाबुको अनुभव संगाल्ने अन्तिम तयारीमा छन् ।

एबीपी लाइभले यसै वर्ष आमाबाबु बन्ने तयारीमा रहेका केही सेलिब्रेटीहरु बारेमा समाचार तयार पारेको छ ।

अभिनेत्री लिसा हेडेन यो वर्ष तेस्रो सन्तानलाई जन्म दिँदैछिन् । उनले आफ्नो इन्स्टाग्राम एकाउण्टमार्फत यो कुराको जानकारी दिएकी छन् । उनले एक भिडियो पोस्ट गर्दै ‘कमिङ दिस जून’ लेखेकी छन् ।

भिडियो पोस्टमा लिसाका छोरा ज्याक पनि देखिएका छन् । उनले आफ्नो घरमा बहिनी आउन लागेको बताएका छन् ।

सम्बन्धित खवर