बलिवुड सेलिब्रेटी लगातार कोरोनाको चपेटामा परेका छन् । पछिल्लो समय चर्चित अभिनेता परेश रावललाई पनि कोरोना संक्रमण भएको छ ।
अभिनेता रावलले आफु कोरोना संक्रमित भएको जानकारी दिदै आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन र टेस्ट गराउन आग्रह गरेका छन् ।
उनले केहि दिनअघि मात्र कोरोनाको खोपको पहिलो डोज लगाएका थिए । उनले मार्च ९ मा कोरोनाको खोप लगाएका थिए ।
पछिल्ला दिनमा बलिवुडका कैयौं सेलिब्रेटी कोरोनाको चपेटामा आएका छन् । चर्चित मोडल एवं अभिनेता मिलिन्द सोमन, अभिनेता आमिर खान, आर माधवन, निर्देशक सतिश कौशिक, कार्तिक आर्यन, सिद्धान्त चतुर्वेदीलगायत कोरोना संक्रमित भएका छन् ।