आर्सनल युरोपा लिगको अन्तिम आठमा - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

आर्सनल युरोपा लिगको अन्तिम आठमा

इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको अन्तिम आठमा पुगेको छ ।

बिहीबार राति भएको अन्तिम-१६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १-० ले पराजित भए पनि आर्सनल अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदानमा हारको बाबजुत आर्सनल समग्रमा ३-२ को जितसहित अन्तिम आठमा पुगेको हो ।

पहिलो लेगमा आर्सनलले ३-१ गोलको फराकिलो जित निकालेको थियो । इमिरेट्स स्टेडियममा १० खेलाडीमा सीमित ओलम्पियाकोसलाई जित दिलाउन युसुफ एल अरबीले ५१औँ निर्णायक गोल गरे । तर पनि टोलीलाई क्वाटरफाइनल पुर्‍याउन सफल भएनन् ।

सम्बन्धित खवर