वेब सिरिजमा ‘दबंग’ सोनाक्षी - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

वेब सिरिजमा ‘दबंग’ सोनाक्षी

बलिउड फिल्म ‘दबंग’ हेर्नुभएको छ भने सलमान खानको ‘चुलबुल पाण्डे’ र अभिनेत्री सोनाक्षी सिन्हाको ‘रज्जो’ चरित्र अवश्य सम्झिनुभएको होला ।

यो फिल्ममा प्रहरी अधिकृतको भूमिकामा सलमान देखिँदा उनकी ‘रज्जो’ अर्थात् सोनाक्षी भने सलमानको श्रीमतिको भूमिकामा थिइन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार अब यिनै ‘रज्जो’ अर्थात् सोनाक्षी अब मोबाइलको स्क्रिनमा दबंग प्रहरी अधिकृतको भूमिकामा देखिँदैछिन् ।

एक निर्माणाधिन वेब सिरिजमा प्रहरी अधिकृत बनेकी सोनाक्षीको यो लुक्स अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर निर्माण युनिटले सार्वजनिक गरेको छ ।

यो वेब सिरिजको निर्माता फरहान अख्तर र जोया अख्तर हुन् । फरहानको कम्पनी एक्सले मिडिया एण्ड इन्टरटेनमेन्ट र उनकी बहिनी जोयाको कम्पनी टाइगर बेबीले गत वर्ष लकडाउन खुकुलो भएपछि गोवामा एक वेब सिरिजको सुटिङ शुरु गरेकी थिइन् ।

रिमा कागती र रुचिका ओबेरोयको संयुक्त निर्देशनमा बनेको यो सिरिज सोनाक्षीको लागि ‘डिजिटल डेब्यू’ हो । ३३ वर्षीया सोनाक्षीको पछिल्लो फिल्म ‘घूमकेतू’ हो, जुन ओटीटी प्लेटफर्मममा रिलिज भइसकेको छ । यो फिल्मको सुटिङ सोनाक्षीले ‘लुटेरा’को समयमा गरेकी थिइन् ।

सम्बन्धित खवर