ट्वीटरका सह-संस्थापक डर्सीको पहिलो ट्वीट २.५ मिलियन डलरमा लिलामी ! - Khabar Nepali
  • बिहिबार, बैशाख ३०, २०७८

ट्वीटरका सह-संस्थापक डर्सीको पहिलो ट्वीट २.५ मिलियन डलरमा लिलामी !

ट्वीटरका सह-संस्थापक ज्याक डर्सीको पहिलो ट्वीट बिक्रिमा राखिएको छ र त्यसको मूल्य २.५ मिलियन डलर पुगेको छ । डर्सीले सन् २००६ मार्चमा गरेका पोस्टमा,  ‘मेरो ट्वीटर तयार गर्दै (जस्ट सेटिंग अप माइ ट्वीटर) लेखिएको छ ।

यसलाई नन फंगीएबल टोकन (एनएफटि) अथवा डिजिटल सर्टिफिकेटको रूपमा दिइनेछ । उक्त एनएफटि फोटो , भिडियो र अन्य अनलाइन मिडियाको स्वामित्व सहितको सर्टिफिकेट हो ।

तर लिलामी गरिसकेपनि उक्त ट्वीटर पोस्ट पहिला जस्तै सार्वजनिक रूपमा राखिने छ ।

पोस्टका खरिदकर्ताले एउटा सर्टिफिकेट पाउनेछन् जुन डिजिटल रूपमा साइन गरिएको हुन्छ र डर्सीले भेरिफाइ गरेका हुनेछन् र ओरिजिनल ट्वीटरको मेटाडाटामा पनि उनको भेरीफिकेसन हुनेछ ।

यस डेटामा थुप्रै जानकारी हुनेछ जस्तै, ट्वीट कुन समयमा गरिएको थियो र यसको टेक्सट कन्टेन्टमा केके थियो । यस ट्वीटलाई ‘भ्यालुएबल बाइ सेन्ट’ ले सेलमा राखेको थियो ।

भ्यालुएबल बाइ सेन्ट एउटा ट्वीट बजार हो र यो केवल तीन महिना अगाडी शुरुवात भएको थियो ।

साइटको पोस्टमा भनिएको छ, यस प्लेटफर्मले ट्वीटको मूल्याङ्कन र तुलना गर्नेछ साथै ट्वीटलाई पारम्परिक अटोग्राफ वा सम्झनाको रूपमा मूल्य निर्धारण गर्ने तथा बिक्री गर्ने रहेको छ ।

साइटको अनुसार, ‘डिजिटल कन्टेन्टको स्वामित्व पाउनु भनेको आर्थिक लगानी हो, ट्वीटरको भावनात्मक मूल्य हुन्छ र यो कुनै कलाकार वा खेलाडीको अटोग्राफ जस्तै हुन्छ र एनएफटिले त्यस अटोग्राफको निर्माण गर्नेछ , जसले गर्दा यो निकै पवित्र, नौलो र मूल्यवान् हुनेछ ।’

एनएफटिले ब्लक चेनको प्रयोग गरेर, सोही डेटाबेस प्रविधि प्रयोग गरेको हो । जसले बिट कोइन र अन्य क्रिप्टोकरेन्सीको प्रयोगले ट्वीटका स्वामित्व भएका व्यक्तिलाई डिजिटल सामान र प्रमाणपत्र दिने बताएको छ । यस्तो प्रकारको डिजिटल कलाकारले खरिदकर्तालाई आफ्नो रचना बेचेर आम्दानीको राम्रो स्रोत बनाउन सक्छन् ।

ट्वीटको बिक्रिले सबैलाई आकर्षित गरेको छ । तर कतिपय मानिसले एउटा ट्वीट र त्यो पनि ट्वीटरका संस्थापकको भएको कारण यसको मूल्य धेरै भएको बताएका छन् । क्रिप्टोकरेन्सीमा खरिद गर्ने भएको कारण ट्वीट खरिद गर्ने मानिसले यसलाई भविष्यमा थप मूल्यमा बिक्री गर्न सक्नेछन् ।

डर्सीको पुरानो ट्वीट डिसेम्बर महिनामा बिक्रीमा राखिएको थियो र जब उनले ट्वीटको खरिद गर्न इच्छुक मानिसले प्रस्ताव गरेको रकमको सुची शुक्रवार सार्वजनिक गरे तब यसको मूल्य थप वृद्धि हुँदै गयो ।

यस ट्वीटलाई अहिलेसम्म हजारौंपटक शेयर गरिसकेको छ । ट्वीटको लिलामीको मूल्य सार्वजनिक गरेको केही मिनेटमा नै ८८ हजार अमेरिकी डलर पुगेको थियो ।

शनिवार अत्यधिक मूल्यवृद्धि हुँदै १.५ मिलियन अमेरिकी डलर पुगेको छ र अहिले यसको मूल्य दुई मिलियन रहेको छ ।

भ्यालुएबल बाइ सेन्टको सम्झौता अनुसार, लिलामीको ९५ प्रतिशत रकम ट्वीटरका मालिक वा (रचनाकर्ता ) क्रिएटरलाई जानेछ भने बाँकी वेबसाइटलाई हुनेछ ।

सम्बन्धित खवर