यसरी सजिलै भर्नुहोस् ज्योति लाइफको आइपिओ - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

यसरी सजिलै भर्नुहोस् ज्योति लाइफको आइपिओ

ज्योति लाइफ इन्‍स्‍योरेन्सको साधारण सेयर (आइपिओ) खुलेको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गरेको हो ।

प्रति सेयर एक सय रुपैयाँ अंकित दरमा ६६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गर्नेछ । जारी पूँजीको ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जानकारी दिएको छ ।

बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो । १० कित्ता न्यूनतम वितरण गर्दा ५ हजार ९४ हजारले सेयर हात पार्ने सम्‍भावना देखिएको छ ।

आइपिओ भर्नेमध्ये ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले पाउनेछन् । आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि फागुन २६ गतेसम्म आवेदन दिन पाइनेछ ।

आइपिओ​ भर्नको लागि क्लिक गर्नुहोस् 

 

सम्बन्धित खवर