डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई १९ प्रतिशत लाभांश बाँड्न नेपाल राष्ट्र बैंकले सहमति दिएको छ ।
माघ २८ गते बसेको यस वित्तीय संस्थाको सञ्चालक समितिको २८२औं बैठकले लाभांश बाँड्ने निर्णय गरेको थियो । सेयरधनीहरूलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकमबाट १५ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने यस वित्तीय संस्थाको साधारण सभाले स्वीकृत गरेको थियो ।