एक्कासि बढ्यो निफ्राको शेयर - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

एक्कासि बढ्यो निफ्राको शेयर

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयर सर्किट लेभलमा कारोवार भएको छ ।

अघिल्लो दिन ५ सय ८ मा झरेको शेयर मूल्य ५० रुपैयाँले बढेर बिहीवार ५ सय ५८ पुगेपछि सर्किट लेभल छोएको हो । शेयर बजारमा कुनै पनि कम्पनीको शेयर एकैदिन १० प्रतिशतभन्दा बढी बढ्न वा घट्न पाउँदैन ।

सातामा कारोवार हुने अन्तिम दिन बिहीवार ५ सय ८ बाट शुरू भएको कारोवार बजार बन्द हुनुभन्दा ४५ मिनेट अगाडि दिउँसो साडे २ बजे सर्किट लेभलमा पुगेको हो ।

३ सय ४० बाट दोस्रो बजारमा शुरू भएको कारोवार ७ सय २६ पुगेपछि निरन्तर घट्ने क्रममा थियो ।

सम्बन्धित खवर