निरन्तर घट्दा पनि इन्फ्रास्ट्रक्चर बैंकको शेयर किन्न चाहनेको संख्या ३ गुणा ! - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

निरन्तर घट्दा पनि इन्फ्रास्ट्रक्चर बैंकको शेयर किन्न चाहनेको संख्या ३ गुणा !

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयर मूल्य केही दिनयता निरन्तर ओरालो लागे पनि खरिदकर्ताको चाप भने उच्च देखिएको छ ।

आइतवार दिउँसो सवा २ बजेसम्मको स्थितिमा निफ्राको शेयर मूल्यमा ३१ अंकले गिरावट आए पनि खरिद गर्न चाहनेको संख्या भने बिक्रीकर्ताभन्दा लगभग तीन गुणा छ।

दिउँसो २ बजेर १३ मिनेट जाँदाको स्थितिमा १ लाख ८ हजार ३ सय ६० कित्ता शेयर बिक्री अर्डर रहेकोमा किन्न चाहेको कित्ता संख्या २ लाख ९३ हजार १ सय ९९ थियो ।

अघिल्लो साता कारोवारको अन्तिम दिन बिहीवारजस्तै आइतवार पनि खरिदकर्ता र बिक्रेताबीच दिनभरि नै बार्गेनिङ चलेको देखिन्छ ।

दोस्रो बजारमा कारोबार शुरू भएको केही सातामै निफ्राको शेयरमा निकै उतारचढाव देखियो । ३४० रुपैयाँबाट शुरू भएको कारोवार ७ सयभन्दा माथि पुगेपछि निरन्तर घट्न थालेको हो ।​

दिनदिनै राताम्मे भएको (निरन्तर घटेको) निफ्राको शेयर खरिद गर्न चाहनेहरूको भीड देख्दा लगानीकर्ताले फेरि बढ्नसक्ने आशा राखेको देख्न सकिन्छ ।

बिहीवार पनि बिक्रेताभन्दा खरिदकर्ताको संख्या लगभग तीन गुणा थियो ।

सम्बन्धित खवर